भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता।
कवि: बादलदेवी चाम्लिङ
कविता: मेरो गाउँ
संक्षिप्त परिचय:
बादलदेवी चाम्लिङ नेपाली साहित्यमा सक्रिय एक शक्तिशाली स्रष्टा हुनुहुन्छ। साविकको पाँचथरको यासोक–१, खाल्डेमा जन्मनुभएकी चाम्लिङ हाल सुन्दरहरैँचा–१०, मोरङमा बसोबास गर्दै आउनुभएको छ। कविता तथा कथा लेखनमा विशेष रुचि राख्ने उहाँ एक एक शक्तिशाली कविको स्थापित हुनुहुन्छ । पाठेघर ( कविता संग्रह २०७४) , वीर्य जमिन (कविता संग्रह २०७६), चेकेदेम राजारानीको दरबार (कथा संग्रह २०८१ ) उहाँका चर्चित कृतिहरू हुन्। यसका साथै, उहाँको अनूदित कविताहरूको सङ्ग्रह ‘Nightmare’ पनि चाँडै नै प्रकाशनको तयारीमा रहेको छ। नेपाली साहित्यमा विशेषगरी कविता विधामा आफ्नो मौलिक पहिचान बनाउन सफल स्रष्टा बादलदेवी चाम्लिङको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दैछौं। साथै उच्च सम्मानका साथ “भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता श्रृङ्खला” मा उहाँलाई प्रस्तुत गरेका छौं।
भृकुटी न्यूज
साहित्य कला विभाग
२०८३ असार २७ गते