सर्वोच्च अदालतका तीनजना वरिष्ठ न्यायाधीशमाथि महाभियोगको चर्चा सुरु भएको छ । न्याय परिषद स्रोतका अनुसार वरिष्ठ न्यायाधीशहरु क्रमशः सपना प्रधान मल्ल,कुमार रेग्मी र हरिप्रसाद फुयालमाथि महाभियोग लगाउनेबारे छलफल शुरु भएको छ ।
सरकार पक्षबाट महाभियोगको चर्चा चलाइए पनि रास्वपा सभापति रवि लामिछाने र उनका अति निकटस्थहरुले यसबारे केही नबताएको बुझिएको छ । स्रोतका अनुसार “रविको आशीर्वाद कायम रहेसम्म महाभियोग प्रक्रिया अघि बढ्न गाह्रो हुनेमा श्रीमानहरु ढुक्क देखिन्छन् ।”