२४ असार,भृकुटी न्यूज, काठमाडौँ । निर्वाचन समीक्षा र पार्टीको पुनर्ताजगीकरणका लागि देशभर सुझाव सङ्कलन गरेको नेकपा एमालेले आगामी दिनमा कस्तो पार्टी बनाउने, कसरी अघि बढ्ने र नेता कार्यकर्ताहरुलाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा प्रतिवेदन तयार गर्ने भएको छ ।
पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्गठनका लागि गठित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको सुझाव सङ्कलन कार्यदलले देशभरका नेता कार्यकर्ताको सुझावका आधारमा प्रतिवेदन तयार गर्ने एमाले नेता कार्यकर्ताहरूको बुझाई रहेको छ ।