खाना पकाउने ग्यास विस्फोट हुँदा जलेर तीन बालबालिकाको मृत्यु

0

सिन्धुपाल्चोक – खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका – ८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो ।

घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मीनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ।

बेलुका ७:२० मा मीनबहादुर तामाङको एकतले घरमा खाना पकाउने क्रममा ग्यास विस्फोट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । खनालका अनुसार बेलुका ग्यास खोल्ने क्रममा एक्कासी विस्फोट भएको थियो ।

अहिले प्रहरी घटनास्थलमा पुगेको र ग्यास विस्फोटबारे अनुसन्धान गरिरहेको खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here