१४, फाल्गुण रसुवा। नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद ई.मोहन आचार्यको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)रसुवाका दुई जना स्थानीय नेता काङ्ग्रेसमा प्रवेश गरेका छन्।
नेकपा एमालेका रसुवा जिल्ला कमिटी सदस्य तथा उत्पीडित मुक्ति समाजका केन्द्रीय सदस्य शंकर श्याबा र एमाले कालिका गाउँपालिका कमिटी सदस्य सरोज नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यले स्वागत गरेका हुन् ।
स्थानीय राजनीतिक वृत्तमा एमालेका सक्रिय नेताहरू नै पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्न थालेपछि रसुवामा एमाले कमजोर हुँदै गएको संकेत देखिएको विश्लेषण गरिएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी


