माओवादी केन्द्रका सचिव गणेश शाहले गरे पार्टी परित्याग

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरे । उनले अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको बताएका छन् ।

तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकतापछि उनी माओवादीको पदाधिकारी तहमा थिए ।

उनी लामो समय बिष्णुवहादुर मानन्धर नेतृत्वको कम्युनिस्ट आन्दोलनमा सहभागी रहेको मधेशका स्थापित नेता हुन् । पछिल्लो समय उनी पानी र जलवायु विज्ञका रुपमा अभियानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here