• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

राजनीति व्यवहारमुखी भएन भने के हुन्छ ?

        राजनीतिको परिभाषा मात्रै रट्यो र आफू अनुकुल व्याख्या गर्यो । व्यवहारमा उतार्न सकिएन वा व्यहारिक हुनै काेशिस गरिएन । र अर्काको अस्तित्व स्वीकार्नै मानिएन । अर्थात् अर्कालाई निशेध गरियो भने राजनीति  दुर्गधिन्त हुन्छ । अर्थात् बदनाम हुन्छ ।
हामीले २०४६ सालपछि भोगेका छौँ । हामीले विभिन्न बाहानामा आ–आफ्ना झण्डा बनायौँ । झण्डाको राजनीतिमा राजनीतिको मर्म बिर्सियौँ । राष्ट्रिय झण्डा भुल्यौँ । र थाल्यौँ अहंको व्यापार गर्न । अर्थात् मुलुक, देश र जनता भुलेर हामी राजनीतिको दोहोलो काड्न थाल्यौँ । वा देश, जनता र तिनीहरुको सरोकार भुलेर हामी राजनीति गरिरहयौँ ।
इतिहास पढेर राणा शासनको हामीले दोहोलो काडेकै हौँ । बारम्बार तिनको सत्तोसराप गर्ने गरेकै हौँ । अलिपछि निरंकुशताको बदख्याई गर्दै पञ्चायतको ढाड सेकाएकै पनि हौँ । तर हामीले बारम्बार इतिहास दोहोराइ रह्यौ र आशा भन्दा निराशाका बिऊहरु छरिरहयौँ ।तिनीहरुले गरेकोभन्दा राम्रो गरेर देखाउनतिर लागेनौं ।
२०४६ देखि हालसम्म हामी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रहुँदै  २०७२पछि संघीयताकाे अभ्यासमा देशलाई प्रयाेग गरिरहेछौँ । ३ दशक भित्रमा हामीले धेरै मुलुकमा इतिहास रच्यौँ । व्यवस्था बदलिरहने तर संस्कार नबदलिने मुलकमा इतिहास किन भत्किरहन्छ र किन तर्साइरहन्छ सिङ्गो मुलुकलाई ? हामीले फुर्सदमा कहिल्यै सोचेनौँ । अर्थात् झण्डामुनि बस दरबार नपस । कहिल्यै सोचेनौँ । वा भनौ स्वार्थका कारण बुझि–बुझि बुझ पचायौँ र झण्डालाई तर्साउने बुख्याँचा बनाइरहयौँ ।
धेरैको कन्पारो तात्न सक्छ । धेरैलाई वाइयात लाग्न सक्छ । किनभने अर्कालाई गाली गर्नेले आफ्नो तारिफ मात्र सुन्न चाहान्छ । के हामीले हाम्रा कमजोरी खोज्न आवस्यक छैन र ? जुनसुकैलाई भोट दिए पनि वा पार्टीको झण्डा र डण्डा लिए पनि के तिनका कमजोरीमाथि औँला नउठाउने नै हो त ? किन हामी आफन्त भनाउँदालाई अन्धो भएर समर्थन गर्ने र इतरकालाई अन्धाधुन्द विरोध गर्ने भयौँ । अर्थात किन संवेदना विहिन हुँदै गयौँ ? गणेशमानका भेडा भएर हामी किन भजमने भयौँ । अर्थात् राजनीति प्रति किन यति सारो वितृष्णा वा निराशा छ, जनतामा । किन राष्ट्र उत्साहमा जान सकेन ? के यस्ता विषय मन्थन गरेर सच्चिनु वा सच्चिऊन भन्ने कामना गर्नु राष्ट्रको हितमा हुँदैन र ?
सन्दर्भ र प्रसंग हो – राजनीति आजभोलि व्यापार भएको छ । आफ्नो नाफा–घाटाको सनकमा देश बन्धक बन्न थालेको छ । स्वार्थै स्वार्थका झण्डाको बजारमूल्यले देशको नाङ्गो नछोप्ने भएको छ । साझा मूल्य, राष्ट्रिय मान्यता झुण्ड झुण्डमा अझ आफू–खुसी अक्षरहरुको परिधीमा अल्झने भएको छ । होला झुन्डले समूह, उपसमूहले पनि उत्पीडित, शोषित, दमित, किनारीकृत, आवाज विहिनहरुको आवाज बोकेको छ । तर ती र तीहरु जस्तै पुरै देश यतिखेर टुट–फुट र एकता विहिन हुँदो छ । क्षमता भन्दा पनि भाग बन्डामा हामी हरेक कुरालाई हरेक क्षेत्रमा हालीमुहाली गर्ने भयौँ । अझ साँघुरो सोचाइका चिन्तनहरुले कतै पहिरो मुनिको देशमा पहिरो कोट्याउने काम त हामीबाट भएको छैन । सोच्न जरुरी छ ।
करिब २ सय बर्षको जहाँनीया, १०२ बर्षे हुकुमी जर्जरता, ३० बर्षे निरंकुशता विरुद्ध हामीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयतामा सबैको विस्वास कामले जित्न सक्नु पथ्र्यो । भरोशा लायकको व्यवहारले राष्ट्रलाई समुन्नती तर्फ उकास्न सक्नुपथ्र्यो । काम,माम र दामको अवस्था आउन’ पथ्र्यो । गरीब झन गरीब र धनीको हालीमुहाली हुनुहुन्न थियो ।   आ–आफ्ना स्वार्थले मात्र राष्ट्र बन्न सक्दैन ।

अहिले मुलुकमा यतिखेर व्यवस्था परिवर्तनका कुरा गाँइगुइँ एक कान दुई कान हुन थालेका छन्। व्यवस्था परिवर्तन छिटाेछिटाे हुने र अवस्था परिवर्तन जहाँकाे त्यहीँ रहने हाे भने त्यसकाे के अर्थ ? अर्थात् नेता रातारात धनी बन्ने र देश गरिबकाे गरिब कहिलेसम्म बन्ने ? अर्थात् हाम्राे नियत कहिलेसम्म देशद्राेही बन्ने र देखाउन देशभक्त बन्ने ? के अझ पनि नचेत्ने नै हाे त ? देश रित्ताे राखेर विदेश देशमा पसेकाे छ । अभाव र मन्दीले देश आक्रान्त भएकाे छ । हरेक दिन आत्महत्या गर्नेकाे संख्या बढ्दाे छ। चरम निराशा छ। हरेक नेता भाइरल संस्कृतिमा रमिते भएकाे छ। समाज टिकटक र स्क्याण्डलकाे पछि दाैडिएकाे छ। देखावटी र बनावटी रुपमा समाजकाे संस्कृति अर्धमुर्छित भएकाे छ। असल र नैतिकवान, स्वाभिमानमा बाँचेकाहरु विचराे देखिएका छन्। के हाम्राे संस्कृति र व्यवहार यही हाे ? के नेपाल अब टाँट पल्टिएर विदेशीकाे गुलाम हुन मञ्जुर छ ? के नेताहरुकाे पेवा हाे देश ? के नेताहरु अझ नसुध्रिने नै हुन त ? समय सकिएपछि पछुताउनु भन्दा समय हुँदै चिन्तन गर्न आवश्यक छ ।

जनताको धैर्यता, निराशामा पनि अझै सकारात्मक प्रतिज्ञा छ । ढुकढुकी बौराउन सकून नेताहरुले । एक जुगमा आउने एक दिनको सम्मान गर्न सकून देश हाक्छु भन्नेहरुले । अझ राजनीति र नेता शब्द प्रतिको घृणालाई मायाँमा र सम्मानमा बदल्न सकून, देशका ठेकेदारहरुले । हैन भने समयले, इतिहासले हिजो धिकारे जस्तै आजका समयका मान्छे र तिनका प्रतिनिधिलाई धिकार्नेछ कि कसो ? समयमा चेतना भया ।

  • #धनकुटे कान्छा#राजनीति#भृकुटी न्यूज#काठमाण्डौं
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.