काठमाडौं : सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक बोलाएका छन्।
सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख दलका सचेतकको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।