भिनाजुले गरे गोली हानी सालीको हत्या

0

सुनसरी। सुनसरीको हरिनगरमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् ।

गए राती २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका हुन् । गोली हान्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।घरमा मृतक खातुन र उनीकी बहिनी मात्रै बस्दै आएका थिए । भारतको अररीया जिल्ला घर भएका भिनाजु राती राती आउने गरेको र हिजो पनी राती आएर गोली हानी हत्या गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।

हत्यामा संलग्न अजात आपराधिक पृष्ठभूमिको रहेको देखिएको तिम्सिनाले बताए । यस अघि उनी चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here