आफ्ना नागरिकलाई चाँडो इरान छोड्न चीनको आग्रह

0

काठमाडौं । इजरायल र इरानबीच हमलाहरू जारी रहँदा चीनको इजरायलस्थित दूतावासले मंगलबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ देश छोड्न आग्रह गरेको छ ।

“चीनको इजरायल मिसनले चिनियाँ नागरिकलाई व्यक्तिगत सुरक्षा ग्यारेन्टी गर्न सकिने अवस्थामा जमिनी सीमा नाकाबाट छिटो इरानबाट निस्कन अनुरोध गर्छ,” दूतावासले सामाजिक संजाल विच्याटमा जारी वक्तव्यमा उल्लेख गरेको छ ।

  • बीबीसीका अनुसार चिनीयाँ नागरिकलाई इरानबाट जोर्डनतर्फ निस्कन सिफारिस गरेको बताइएको छ ।

    बेइजिङको दूतावासले मंगलबार संघर्ष निरन्तर बढ्दै गरेको भन्दै भन्यो, “धेरै पूर्वाधारहरू क्षतिग्रस्त भएका छन् । नागरिक हताहात बढ्दै गइरहेको छ । सुरक्षा अवस्था बढ्दो गम्भीर हुँदै गइरहेको छ ।” बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here