२० माघ, धनगढी। नेकपा एमाले सुदूरपश्चिमले भीम रावललाई भेटेको, कुराकानी गरेको र मातृभूमि जागरण अभियानमा सक्रिय रहेको भन्दै एमाले प्रदेश सदस्यसहित ५ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।
एमाले सुदूरपश्चिम प्रदेश सचिवालय बैठकले प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश सदस्य हर्कबहादुर कुँवर, दुधकाला विष्ट र केशर मियालाई निष्कासित गरेको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिएका छन्।