२८, जेठ बाग्लुङ/सुनसरी। सुनसरीमा बाढीको उच्च जोखिममा रहेको क्षेत्रमा किसानले धान रोपाई सुरु गरेका छन् । बाढी प्रभावित क्षेत्र मानिने भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ नम्बर वडाका स्थानीय किसान अहिले धान रोपाइँमा व्यस्त बनेका छन् ।
यस्तै बाग्लुङको गोलकोट नगरपालिका ६ मजुवा फाँटमा पनि धान रोपाइँ सुरु भएको छ । यहाँ असार नलाग्दै धान रोपाइँ सुरु हुन्छ । राम्रो सिँचाइ सुविधा भएको यो फाँट जिल्लाकै धेरै धान उत्पादन हुने क्षेत्रमा पर्दछ ।
गलकोटको मजुवा, आँगा खेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ सुरु भएको स्थानीयवासी ले जानकारी दिनुभयो।