• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

कृषिमा निरन्तर चुनौती, देशभर कृषि मजदुरको अभाव,चरम संकटमा मधेस

३१ वैशाख । बढ्दो सहरीकरण, न्यून ज्याला, कडा परिश्रम, वैदेशिक रोजगारीको आकर्षण जस्ता विभिन्न कारणले कृषिमा कामदारको अभाव देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा कामदारको अभाव मधेश प्रदेशमा देखिएका छन् भने सबैभन्दा कम कामदारको अभाव कर्णाली प्रदेशमा देखिएको छ । तथ्याङ्क कार्यालयले विवरण सङ्कलन गरिएको सातै वटा प्रदेशको वडामध्ये दुई हजार ४१७ अर्थात् ४० प्रतिशत वडामा कामदारको अभाव देखिएको छ ।

मधेश प्रदेशमा गणना गरिएका वडामध्ये ७१३ अर्थात् ६२ प्रतिशत वडामा कामदारको अभाव देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि कामदारको सबैभन्दा कम अभाव हुने गरेका वडा रहेको प्रदेशमा कर्णाली प्रदेश रहेको छ । त्यहाँ १३ प्रतिशत अर्थात् ८३ वटा वडामा मात्र कामदारको अभाव देखिएको बताइएको छ । कोशी प्रदेशका ४८५, बागमती प्रदेशका ३९७, गण्डकी प्रदेशका ३०५, लुम्बिनी प्रदेशका ३३७ र सुदूरपश्चिम प्रदेशका ९७ वटा वडामा कृषि कामदारको अभाव रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार कृषिमा कामदारको अभाव पनि एउटा समस्या रहेको बताउनुभयो । बढ्दो सहरीकरण तथा वैदेशिक रोजगारीप्रतिको आकर्षणले गर्दा कृषिमा कामदारको अभाव देखिएको बताउनुभयो । कामदारको अभावका कारण कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिएको बताउँदै उहाँले यान्त्रिकीकरणका कारण कामदार अभावलाई केही हदसम्म आपूर्ति गरिरहेको बताउनुभयो । कामदारको अभावका कारण कृषिमा मसिन तथा औजारको प्रयोग हुन थालेको बताउँदै उहाँले कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड दिनै पर्ने बताउनुभयो ।

अरू क्षेत्रभन्दा कृषि क्षेत्रमा काम गर्ने कामदारको ज्याला कम रहेको पाइएको छ । त्यसमा पनि महिला र पुरुष कृषि कामदारको ज्याला पनि फरक छ । पुरुषको ज्यालाभन्दा महिलाको ज्याला कम रहेको पाइएको छ । तथ्याङ्क कार्यालयले सङ्कलन गरेको विवरण अनुसार नेपालमा कृषि कामदारको औसत ज्यालादारी महिला कामदारको ५३१ रुपियाँ र पुरुष कामदारको ६६५ रुपियाँ रहेका छन् । सबैभन्दा बढी ज्याला बागमती प्रदेशमा दिएको छ । त्यहाँ महिला कृषि कामदारले औसतमा दैनिक ५३१ रुपियाँ पाएका छन् भने पुरुषले ६६५ रुपियाँ पाएका छन् । सबैभन्दा काम ज्याला मधेश प्रदेशका कृषि कामदारले पाएका छन् । कृषिमा सबैभन्दा बढी उत्पादन गर्ने मधेश प्रदेशका महिला कामदारले ४७७ र पुरुषले ५५७ रुपियाँ ज्याला पाएका छन् । कोशी प्रदेशका महिला कामदारले ४७७ र पुरुषले ५५७, गण्डकी प्रदेशका महिला कामदारले ५५० र पुरुषले ८०८ रुपियाँ ज्याला पाएका छन् । त्यस्तै लुम्बिनी प्रदेशका महिला कामदारले ५११ रुपियाँ र पुरुष कामदारले ६२१ रुपियाँ र सुदूरपश्चिम प्रदेशका महिला कामदारले ५३८ र पुरुष कामदारले ६०१ रुपियाँ ज्याला पाएको तथ्याङ्क कार्यालयको विवरणमा उल्लेख छ ।

  • #कृषि#नेपाल सरकार#भृकुटी news#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ६.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.