१४ पौष, नेदरल्यान्ड, वरिष्ठ राजनीतिक विष्लेषक प्रा. डा.सुरेन्द्र केसीले नेदरल्यान्डको हेगमा आयोजना गरिएको “वर्तमान नेपाल र नेपाली राजनीतिक परिस्थिति” विषयक अन्तरक्रिया कार्यक्रमलाई आज विशेष सम्बोधन गरेका छन्। डेनमार्कको कार्यक्रमलाई सम्बोधन गरेर नर्वे पुगेक उनी डिसेम्बर २७ तारिख नेदरल्यान्ड को हेग पुगेका थिए ।डिसेम्बर २९ अर्थात आज डा. केसीले हेगमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गरेका छन् । पछिल्लो समय नेपालको राजनीतिमा आएको उतारचढाव र प्रचण्डको सत्तारोहण कसरी संभव भयो ? प्रचण्ड बाबुराम र जनयुद्धकालिन माओबादी नेतृत्वबारे नेपाली जनताहरुले कस्तो धारणा राखिरहेका छन् ? भन्ने बारे त्यहाँ सबै भन्दा धेरै जिज्ञासा उठेको बताइएको छ । हेगमा अवस्थित `अन्तरास्ट्रिय अपराध अदालत´( international criminal court) नजिकै भएको उक्त कार्यक्रममा स्थानीय सञ्चारमाध्यम , अन्तराष्ट्रिय कानुन ब्यवसायी र प्राध्यापकहरु समेत सहभागी भएको बताइएको छ।
कार्यक्रममा सहभागी स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरुले न्याय ,शान्तिप्रक्रिया र लोकतान्त्रको अवस्थाबारे जिज्ञासा राखेका छन् भने युद्धअपराधका मुद्दाहरुलाई नेपाल सरकारले किन अन्तराष्ट्रियकरणमा जोड नदिएर दबाउन खोजिरहेको छ ? भन्ने जिज्ञासाहरु समेत राखेको जनाइएको छ । युद्ध अपराधलाई लिएर बाबुराम,प्रचण्ड लक्षित प्रश्नहरुको जवाफमा डा.केसीले नेपाल लोकतान्त्रमा विस्वास गर्ने मुलुक भए पनि गैरकानुनी र अलोकतान्त्रिक कार्य रोक्न र दण्डित गर्न चुकेको स्विकार गर्दै तथापि नेपाल यस्ता मामलाहरुमा सचेत र सक्षम रहेको र शान्ति प्रक्रिया पनि चाडैं टुंगोमा पुग्ने कुरामा नेपालीहरु आसावादी रहेको भनाइ व्यक्त गरेका थिए।
डा केसी युरोपमा रहेका नेपालीको अवस्था तथा त्यहाँको शैक्षिक र राजनीतिक अवस्थितिको अध्ययनका निम्ति एकमहिने कार्यतालिका लिएर श्रीमती सहित युरोप भ्रमणमा रहेका छन् । डेनमार्क ,नर्वे ,स्विडेन ,लक्जम्बर्ग ,बेल्जियम ,जर्मनी र पोल्यान्ड लगायतका देशको भ्रमण सकेर केसी जनवरी ८ तारिख स्वदेश फर्किने कार्यतालिका रहेको बताइएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी