मकवानपुरमा अटो दुर्घटना, एकको मृत्यु, तीन घाइते

0

५  कात्तिक, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन।

घटनामा परि बागमती-८ का रामबहादुर गाेलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५  कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियाे ।
दुर्घटनामा  परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका  वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् ।
घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाकाे  चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here