• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
×
Vrikuti News
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
VK
Vrikuti News
आइतबार, साउन १०, २०८३
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • विचार
  • साहित्य-कला
  • ☰

भर्खरै

भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

“जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

१३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको कविता

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको गजल

लोकप्रिय समाचार

  • १. नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २. “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३. विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४. भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५. भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६. भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ७. १३ स्थानीय निकायले अझै ल्याउन सकेनन् बजेट, आजसम्म बजेट ल्याउन नसक्ने स्थानीय निकायहरू यस्तो छ सूची

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक ।

पुस्तक: हारेँ आफैसँग

विद्या:  गीति काव्य 

रचनाकार स्रष्टा: गायत्री लम्साल 

प्रकाशक: लीला लम्साल 

पृष्ठ सङ्ख्या: ८४

मूल्य रु: २००/

गीतकार,साहित्यकार गायत्री लम्सालको संक्षिप्त परिचय: 

नेपाली सुगम संगीत र गीति लेखनमा आफ्नो बलियो पहिचान बनाउनु भएका आदरणीय गीतकार गायत्री लम्सालको जन्म २०२४ साल भदौ २५ गते भोजपुर जिल्लाको (हाल षडानन्द गाउँपालिका वडा नं. ६) ऐतिहासिक स्थल दिङ्लामा भएको हो। उहाँको जन्म माता छायाँ कुमारी लम्साल र पिता स्वर्गवासी खेमराज लम्सालको कोखबाट भएको हो। पूर्वी नेपालको सुन्दर साहित्यिक परिवेशमा हुर्कनुभएका लम्सालको हालको स्थायी ठेगाना भने इटहरी-५, सुनसरी रहेको छ।

सानै उमेरदेखि शब्दहरूसँग खेल्न रुचाउने लम्सालले नेपाली साहित्य र विशेषगरी गीत लेखनको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनु भएको छ। मानव जीवनका भोगाइ, प्रेम, विछोड र सामाजिक यथार्थलाई सरल तर मार्मिक शब्दमा उतार्न उहाँ सिद्धहस्त हुनुहुन्छ। उहाँका हालसम्म आकाश हेर्दै दोबाटोमा (गीत संग्रह, २०६९)पानीको रङ (गीत संग्रह, २०७५)

हारेँ आफैसँग (गीत संग्रह, २०८०) गरी तीनवटा उत्कृष्ट गीत संग्रहहरू प्रकाशित भइसकेका छन्।

गीतकार गायत्री लमसालका रचनाहरूमा देशका दिग्गज संगीतकार र गायक-गायिकाहरूले आफ्नो जादुमय कला मिसाउनुभएको छ। नेपाली संगीतका शिखर व्यक्तित्व, वरिष्ठ संगीतकार स्व. अम्बर गुरुङले समेत उहाँका गीतमा संगीत भर्नुभएको गौरवपूर्ण इतिहास छ। यसैगरी, नेपाली सङ्गीत आकाशका प्रख्यात गायक-गायिकाहरू जस्तै: राजेश पायल राई, अञ्जु गौतम, लीला राई, सुनिता थेगीम, किशोर थलङ, प्रकाश ओझा, गणेश रिजाल, ऋतु खनाल, सन्तोष वि.सी., र प्रतिमा अर्याल लगायतका थुप्रै कलाकारहरूले उहाँका गीतमा आफ्नो सुमधुर स्वर दिइसक्नुभएको छ।

सम्मान तथा पुरस्कारहरू

साहित्य र सङ्गीतको श्रीवृद्धिमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई वि.सं. २०६०: भानु साझा पुस्तकालय, मोरङद्वारा ‘राष्ट्रिय कविता पुरस्कार’ तथा ताम्रपत्र,धरान नगरपालिकाद्वारा पुरस्कार तथा सम्मान,

बेलायत नेपाली साहित्य समाजद्वारा ‘गीति पुरस्कार तथा सम्मान’,सगरमाथा साहित्य प्रतिष्ठानका साथै स्थानीय स्तरका अनेकौँ साहित्यिक तथा सामाजिक संस्थाहरूद्वारा प्रतिष्ठित पुरस्कार र सम्मानद्वारा विभूषित गरिएको छ

 

गायत्री लम्साल नेपाली गीति लेखन क्षेत्रका एक सशक्त र आदरणीय हस्ताक्षर हुनुहुन्छ। उहाँका सिर्जनाहरूले नेपाली सङ्गीतप्रेमीहरूको मनमा अमिट छाप छोडेका छन्। आगामी दिनमा पनि उहाँका थप मर्मस्पर्शी रचनाहरू सुन्न र पढ्न पाइयोस् भन्ने कामनासहित उच्च सम्मानका साथ ” भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक ” श्रृङ्खलामा उहाँको पुस्तक प्रकाशित गरिएको छ। आदरणीय स्रष्टा गीतकार गायत्री लम्सालको सुस्वास्थ्य र दीर्घ जीवनको कामना सहित निरन्तर साहित्यिक यात्राको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

 

भृकुटी न्यूज 

साहित्य कला विभाग 

काठमाडौँ । 

  • #साहित्य#गीतकार#गायत्री लम्साल#भृकुटी न्यूज#काठमाडौँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता
भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर
भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

धेरै पढिएको

  • १.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • २.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ३.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

  • ४.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • ५.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ६.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

ताजा समाचार

  • १.
    भृकुटी न्यूज: शनिवार साहित्यमा आजको कविता

  • २.
    भृकुटी न्यूज: शनिवार साहित्यमा स्रष्टाको तस्बिर

  • ३.
    भृकुटी न्यूज: शनिबार साहित्यमा आजको पुस्तक

  • ४.
    नयाँबजार इलामका स्थानीयले जन-श्रमदानबाटै बनाए ३ किलोमिटर मोटर बाटो

  • ५.
    “जनताले पुनः अग्रमामी शक्तिको अपरिहार्यता महसुस गर्नेछन्।” – सी.पी.कडरिया ( केन्द्रीय सदस्य,नेकपा ) 

  • ६.
    विश्व भूराजनीतिक जटिलता, दक्षिण एसिया  र नेपालको कूटनीतिक भविष्य

हाम्रो बारेमा

भृकुटी संचार प्रा.लि. द्वारा संचालित
www.vrikutinews.com

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor – 10, Kathmandu, Nepal

सम्पर्क नम्बर
९८४२३६७५९५

ईमेल
vrikutionlinetv@gmail.com

हाम्रो टीम

प्रधान सम्पादक
ज्याोति किरण रिजाल

सम्पादक
शक्ति किरण रिजाल

न्युज डेक्स
सीता आस्था ढुङ्गेल

समाचार संयोजक
हेमन्त तिवारी

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Vrikuti News | All rights Reserved.
 Website By :  nwTech.