भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर
साहित्यकार: मञ्जु काँचुली
संक्षिप्त परिचय: प्रख्यात कवयित्री तथा कथाकार मञ्जु काँचुली
नेपाली साहित्य जगतमा मनोवैज्ञानिक, सामाजिक यथार्थवादी र नारीवादी लेखनका लागि परिचित एक स्थापित हस्ताक्षर हुनुहुन्छ। वि.सं. २००३ फागुनमा डिल्लीबजार, काठमाडौँमा जन्मनुभएको उहाँ सुप्रसिद्ध साहित्यकार भीमनिधि तिवारीकी सुपुत्री हुनुहुन्छ ।
उहाँले मनोविज्ञान (Psychology) र अंग्रेजी साहित्यमा स्नातकोत्तर (MA) गर्नुभएको छ। मञ्जु काँचुलीका रचनाहरूमा मानव मनका सूक्ष्म संवेग, नारी अस्तित्व, सामाजिक विसंगति र अस्तित्ववादी चेतना सशक्त रूपमा प्रस्तुत हुन्छन् । मञ्जु काँचुलीका कविताहरू, किरणका रेखाहरू
कथा सङ्ग्रह: मेरो मान्छे, पारिका केही सङ्केत
उपन्यास: मिलन विन्दु उहाँका प्रमुख कृतिहरू हुन् ।
उहाँले नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन समेत महत्त्वपूर्ण योगदान दिनुभएको छ। यस्तो मुर्धन्य स्रष्टा प्रति उच्च सम्मान गर्दै ” भृकुटी न्यूज: शनिबार साहित्यमा स्रष्टाको तस्बिर” श्रृङ्खलामा यो तस्बिर प्रस्तुत गरेका छौं। आदरणीय साहित्यकार मञ्जु काँचुलीज्यूको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछौँ।
भृकुटी न्यूज
साहित्य कला विभाग
काठमाडौँ