वडा समाजबादी कार्यक्रम ल्याउदै वाग्मती प्रदेश : यस्तो छ मोडालिटी

0

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक बर्ष२०७८/७९ मा वडा समाजबादी कार्यक्रम ल्याइने बताउनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना भएको आगामी आर्थिक बर्ष२०७८/७९ को बजेट तर्जुमाको लागि अन्तक्र्रिया तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  सरकारमा सामेल ३ वटै दलको नीति समाजबाद भएकोले वडामा पाईलट कार्यक्रमको रुपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

उहाँले मन्त्रालयहरुलाई योजना बनाउदा बहुबर्षिय योजनाका दायित्वहरु छुट्याएर नयाँ योजना बनाउन निर्देशन दिनुभयो । प्रदेश गौरवका योजनाहरु बनाउदा मापदण्ड बनाउनुपर्ने, न्युनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने र साधारण खर्चमा कमी ल्याइने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

सिपयुक्त जनशक्ती निर्माण गर्नको लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आबश्यक्ता रहेको उहाँको भनाई छ । यसको साथै शैक्षिक क्षेत्रमा ध्यान दिइने समेत उहाँको भनाई रहेको छ । संसदमा रहेको बिषयगत समिति र सबैदलहरुसंग सुझाब लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले बिषयगत मन्त्रालयहरुमा हस्तक्षेप नगर्ने बताउदै न्यायोचित ढंगले बजेट सिलिङ गरिने जनाउनुभयो । साथै अवण्डा बजेटलाई निरुत्साहित गरिने मन्त्री जम्कट्टेलल बताउनुभयो । पुंजिगत र चालु खर्चमा सन्तुलित राखिने उहाँको भनाई छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सरकारले एकिकृत बस्तिको योजना बनाउदा रोजगारीको पनि ब्यबस्था गरिनुपर्ने वा उत्पादनको सुनिश्चितता गरिनुपर्ने बताउनुभयो । शिक्षालाई प्राथमिकतामा राख्न उहाँले सुझाब दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here