२४ कार्तिक, भदौ २३ र २४ गते सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीहरुले सुरुगरेको आन्दोलनमा भत्काइएको संसद् भवनको पर्खालको निर्माण कार्य सुरु भएको छ ।
प्रदर्शनको क्रममा आक्रोशित बनेका आन्दोलनकारीले रेलिङको फलाम निकाली पर्खाल भत्काएर संसद भवनभित्र प्रवेश गरी संसद भवनमा आगजनी गरेका थिए। तोडफोड र आगजनीले ध्वस्त भएको संसद भवनको बाहिरी पर्खालबाट निर्माण कार्य सुरु गरिएको छ । आन्दोलनमा अदालत, सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन लगायतका राज्यका महत्वपूर्ण सम्पदा र संरचनाहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी


