हैजा फैलिएपछि महानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द

0

११भदौ काठमाडौँ —हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाका सम्पूर्ण विद्यालयहरू ३ दिनका लागि बन्द गरिने भएको छ । महानगरपालिकाका अनुसार बुधबारदेखि शुक्रबारसम्म सबै विद्यालय बन्द गरिने भएको हो ।

मंगलबार नगर प्रमुखस्तरीय  बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ । सोमबार साँझ ६ बजे सम्ममा महानगरका विभिन्न अस्पतालमा गरी हैजा संक्रमितको संख्या ९३ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका १० बिरामीको नमुना परीक्षण गर्दा ८ जनामा हैजाको संक्रमण पुष्टि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here