गोली हानेर शिक्षकको हत्या

0

सर्लाहीको पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकामा शुक्रबार राति गोली हानेर शिक्षकको हत्या गरिएको छ । हरिपूर्वा नगरपालिका-६, का ४५ वर्षीय रामपुकार रायको अज्ञात समूहले गोली हानेर हत्या गरेका हुन् ।

आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएका छन् । मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा गोली प्रहार गरेको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका रायलाई उपचारको लागि अस्पताल लगिएको थियो। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको पाएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here