जनार्दनलाई कार्वाही गर्न प्रचण्डलाई चर्को दबाब

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई उपमहासचिव जनार्दन शर्मालाई कारबाही गर्न प्रचण्ड पंक्तिले चर्को दबाब दिएका छन्। गङ्गा दाहाल, वर्षमान पुन, नन्द वहादुर पुन, शक्ति बस्नेत, अग्नि सापकोटा लगायतका नेता कार्यकर्ता जनार्दनलाई कारवाही गर्नु पर्ने अडानमा रहेको श्रोतले बताएको छ। स्थायी कमिटीको बैठकमा केही नेताले भने कार्वाही नभएर आत्माआलोचनाको मौका दिएर केही समयका निम्ति जिम्मेवारीबाट अलग गर्न सुझाव दिएको बुझिएको छ। चर्को दवावमा रहेका प्रचण्ड भने अनुशासनको पालना गर्न  चेतावनी दिएर विवाद साम्य पार्न चाहिरहेको बताइएको छ ।

पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै प्रचण्डले कारबाहीको चेतावनी भने  दिँदै आएका छन्। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here