२५ असार, काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले विभिन्न विधाका ४ स्रष्टाहरुलाई २०८२ श्रावणमा प्रदान गरिने विभिन्न साहित्यिक पुरस्कारको घोषणा गरेको छ। साहित्यकार वेदमणि घिमिरेको संयोजकत्वमा गठित पुरस्कार मूल्याङ्कन तथा छनोट समितिको सिफारिसअनुसार चार जना साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो।
‘सुलेख आख्यान प्रतिभा पुरस्कार’ गोपीराम भण्डारीलाई प्रदान गरिनेछ भने ‘सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार’ शारदा पराजुलीले प्राप्त गर्नुहुनेछ। यस्तै, ‘सुरभि अच्युतराम चालिसे लघुकथा पुरस्कार’ नवराज रिजाललाई र ‘सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार’ दिवाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । हरेक पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।प्रतिष्ठानले पुरस्कृत स्रष्टाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
प्रतिष्ठानले २०८२ श्रावण १७ गते, विशेष समारोह आयोजना गरी स्रष्टा हरुलाई पुरस्कृत गर्ने कार्यक्रम तय गरेको छ ।