२८ चैत्र, काठमाडौँ । राजसंस्था पुन:स्थापनाका लागि गठित जनआन्दोलन समितिका फिल्ड कमान्डर तोकिएका दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरेको सुरक्षा उच्च स्रोतले बतायो ।
चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा हिंसा भड्किए पछि उनी फरार भएका थिए।
सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।
उनले पटक पटक भिडियो सन्देश मार्फत आफू नेपालमै रहेको बताए पनि भारतबाट पक्राउ परेका छन्।