३ पुष,काठमाडौं । प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ जना गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
जेष्ठता र काार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवाका र लेखापरीक्षण सेवाका २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रशासन सेवातर्फ बढुवा हुनेमा पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, बिमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना गोविन्द प्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाई, नारायणप्रसाद मैनाली, चिरञ्जिवी तिमिल्सेना, कवीन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन् ।