काठमाडौँ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् ।
शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले भृकुटी न्यूजलाई जानकारी दिए ।