चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता बीच आपसमै झडप,आधा दर्जन घाइते,प्रसाईँ राती नै फरार

0

भृकुटी न्यूज, चितवन । चितवनमा दुर्गा प्रसाईँ नेतृत्वको “राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ अभियान” का कार्यकर्ता बीच आपसमै कुटाकुट भएको छ।

प्रसाईँले हिजो चितवनमा जनसाभाको कार्यक्रम राखेका थिए। उक्त कार्यक्रम सकिए लगत्तै राती प्रसाईँका कार्यकर्ता बीच झडप भएको थियो। चितवनमा कार्यक्रम सकेर होटलमा बास बस्न पुगेका दुर्गा प्रसाईँ भने कार्यकर्ता बीच झडप भएको खबर पाए लगत्तै राती नै चितवनबाट भागेको श्रोतले बतायो ।

झडपमा आधा दर्जन भन्दा बढी घाइते भएको खबर प्राप्त भएको छ। यस घट्नाबारे थप सत्य तथ्य जानकारी लिन प्रसाईँसँग सम्पर्क गर्दा उनको मोबाइल फोन स्विच अफ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here