सर्वोच्चले दर्ता गर्‍यो गभर्नर अधिकारीले दायर गरेको रिट, भोलि पेसी

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्त रूपमा दायर गरेको रिट बिहीबार दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ।

मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले शुक्रबारको पेसी तोकेको छ ।

न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने भन्दै गर्भनर अधिकारीको नियुक्ति बदर गर्नुपर्ने रिटको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here