राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृत नियुक्त

0

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले पुस १६ गतेदेखि लागुहुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् ।

Press-Release-2080-09-12-17037465101703747260

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here