सेयर बजार १७.९३ अंकले घट्यो

0

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले घटेको छ ।

सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिदैँ बुधबार नेप्से परिसूचक १७।९३ अंक घटेर १८७६।६० विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले घटेर ३५८.८९ विन्दु कायम भएको छ ।

यस दिन २८५ स्टकको २९ हजार ८८३ पटकको कारोबारमा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको २२ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ वटामध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ । अन्य उपसमूहको समूहगत सूचक भने बढेको छ । विजय लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here