मध्यराती महिलाहरुलाई दुर्व्यवहार गर्ने व्यक्ति पुूर्व YCLयुवा संघका विनोद राई भएको पुष्टि

0

६ मंसिर काठमाडौं। दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यका बाहिरबाट आएका महिलाहरूमाथि सामुहिक दुर्व्यवहार गर्ने व्यक्ति पूर्व माओवादी YCL सदस्य र हाल युवा संघको सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका व्यक्ति विनोद राई भएको पुष्टि भएको हो। यस अघि प्रसाईँलाई कालोमोसो दल्ने समुह पनि विनोदकै रहेको बुझिएको छ।
लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूमाथि राईको नेतृत्वमा गएको समूहले दुर्व्यवहार गरेको पुष्टि भएको छ । महिलाहरूलाई सुतिरहेको अर्धनग्न अवस्थाबाट उठाएर लखेटिएको भिडिओ सार्वजनिक भएसँगै युवा संघ चौतर्फी आलोचित बनिरहेको छ ।
यस्तो जघन्य अपराध गर्दा पनि र पर्याप्त प्रमाण बाहिरीको २४ घण्टा हुन लाग्दा समेत प्रहरीले विनोद र उनको समुहलाई नियन्त्रणमा लिएको छैन भने अलपत्र परेका ति महिलाहरुको अवस्था कस्तो छ भन्ने सम्म जानकारी छैन । यसरी महिलाहरुलाई राती लखेटेको भिडियो एमाले नेता महेश बस्नेत स्वयंले आफ्नो फेसबुकमा राखेर पुनः डिलिट गरेका थिए। यस्तो अमानवीय कुकृत्यको अहिले सर्वत्र आलोचना भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here