नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बाट सुरु हुँदैछ । केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेर बैठकको एजेण्डा तय गरेको छ ।
यी हुन् १० एजेन्डाः
-समसामयिक विषय (आर्थिक, परराष्ट्र)
– सांगठनिक कार्ययोजना र कार्य तालिका
– केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
– निर्वाचन परिचालन समितिको प्रतिवेदन
– नीति अधिवेशन सम्बन्धमा
– विभागहरू गठन, थप र कामको व्यख्या
– राष्ट्रव्यापी अभियानको घोषणा
– अनुशासन समितिको प्रतिवेदन पेस
– संसदमा सम्पादन भएका कामहरूको प्रतिवेदन
– सरकारको गतिविधिबारे जानकारी