निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी मालेसहित ३९ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र सार्वजनिक गरी सो विवरण पेस नगरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ ।
तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले ७ हजार जरिवाना तोकेको छ।
आयोगमा दर्ता भएका ८२ राजनीतिक दलमध्ये ३९ वटाले आयव्यय विवरण नबुझाएको भन्दै साउन १ गते बसेको आयोगको बैठकले जरिवाना गर्ने निर्णय गरेको हो।