सार्वजनिक यातायातको भाडादर घटेको छ ।
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिएसँगै यातायातको भाडादर घटेको हो ।
स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।
इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ ।