नेपाली सेनालाई सहुलियत ऋण दिने निर्णय

0

२० असार,काठमाडौं,  नेपाली सेनाका सकल दर्जाले घर कर्जाको निम्ति बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन् । उनीहरुले चाहेमा राष्ट्रिय वाणिज्य बैंकबाट ऋण प्राप्त गर्नसक्ने छन् ।

यसनिम्ति सेनाले २०७८ कात्तिक २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानसँग ‘सैनिक सकल दर्जा सहुलियतपूर्ण आवाज कर्जा २०७८’ को सहमति पत्रमा हस्ताक्षर गरिसकेको  छ । जसअनुसार सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका, श्रीमान वा श्रीमतीको नाममा नेपालभर आफ्नो घर नरहेका तथा सहुलियतपूर्ण शैक्षिक कर्जा र चारपाङ्ग्रे सवारीसाधन कर्जा नलिएकाहरुले सहुलियतपूर्ण आवास कर्जा पाउन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here