नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्चमा रिट

0

१८ जेष्ठ,काठमाडौँ। नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ताहरु वालकृष्ण न्यौपाने,डा.सुरेन्द्र भण्डारीलगायतले सर्वोच्चमा रिट पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

‘नागरिकता समस्या नेपालमा धेरै कठिन र जटिल समस्या भएकोले त्यसलाई सम्बोधन गर्न नेपाली नागरिकले नागरिकता प्राप्त गर्नबाट बन्चित हुन नपरोस् र विदेशीले नागरिकता प्राप्त गर्ने अवसर सृजना नहोस् भन्नका लागि नागरिकता कानूनमा परिमार्जन गर्न आदेशगरी पाउँ,’ रिटमा माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here