भुटानी शरणार्थी बनाउने गिरोहका नाइके टोपबहादुर र उनको गिरोह विरुद्ध पक्राउ पुर्जी जारी

0

२० बैशाख,काठमाडौ । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको छ ।

टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो ।

सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।

यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here