१६ वैशाख, काठमाडौं । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएको,खोकी लाग्न छोडेको तर ग्यास्टिक भने ठिक भइनसकेकोले डिस्चार्ज हुन अझै समय लाग्ने सम्भावना छ ।
तिब्र खोकीलागे पछि राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत गएका थिए । फोक्सोको टिभी भएको र ग्यास्टिक पनि भएकोले राष्ट्रपति पौडेललाई टिभी र ग्यास्टिकको उपचारका निम्ति जहाज चार्टर गरेर भारत लगिएको थियो ।