११ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएको थियो । तर जहाजमा कसरी आगो लाग्यो र त्यस्तो जोखिम युक्त अवस्थामा जहाज कसरी आफ्नो गन्तव्यमा जान सफल भयो भन्ने केही नबताएका मन्त्री किराँतीले जहाज गन्तव्यमा गइरहेको भन्दै यात्रुलाई शुभयात्रा भनेका छन् भने कसैलाई नआत्तिन आग्रह पनि गरेका छन् ।