गृहमन्त्रीको निर्देशनमा मिटरब्याज पीडितविरुद्ध प्रहरीले चलायो लाठी र पानीको फोहरा,दर्जनौ पीडितहरु घाइते

0

४ वैशाख, काठमाडौं । सुतखोरहरुको आपराधिक र अमानवीय शोषणका बिरुद्ध न्यायको याचना गर्दै शान्तिपूर्ण आवाज उठाउदै  आएका मिटरब्याज पीडित र प्रहरीबीच काठमाडौंको शान्तिवाटिकामा झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र सोमबार सिंहदरबार वरपर साङ्केतिक बिरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो निर्देशनमा प्रहरीले पीडितमाथि लाठी र फोहरा प्रहार गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here