फागुन २, काठमाडौ,भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण तय भएदेखि नै उनले नयाँ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने अनुमान गरिएको थियो ।
दुई दिने भ्रमणका लागि काठमाडौं आएका भारतीय विदेश सचिव क्वात्राले सोमबार बेलुका नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग भेटघाट गरे तर प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो भने दिएनन्। कुटनैतिक वृत्तमा यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। राष्ट्रपतिको विषयमा प्रचण्डले नै किचलो झिकेको हुनाले फागुन २५ पछि प्रचण्ड सरकारको स्थिति के हुन्छ भन्ने नै टुंगो नभएकोले क्वात्राले औपचारिक निमन्त्रणा नदिएको हुनसक्ने धेरैले अनुमान गरेका छन् ।