२ माघ ,काठमाडौ ,पोखरामा माघ १ मा भएको हवाइ दुर्घटनामा ज्यान गुमाएका सबै प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रा.डा.सुरेन्द्र केसीले यती एयरलाइन्स लगायत सम्पूर्ण हवाइ सेवा प्रदायक कम्पनीहरु भित्रको लगानीको पारदर्शीताबारे गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन् । शिक्षा,स्वास्थ्य र हवाई सेवा राजनीतिक पार्टीका भ्रष्ट नेता र माफियाहरुको कालो धन सल्टाउने सजिलो माध्यम बनिरहेको भन्दै डा.केसीले कालो धनको प्रयोग नै समग्र दुर्घटनाको कारक बनेको टिप्पणी गरेका छन् ।
अलजजिरा टेलिभिजनले प्रसारित गरेको एक समाचारलाई उल्लेख गर्दै डा.केसीले जहाज दुर्घटनाको विषयमा आएका अन्तराष्ट्रिय सञ्चार माध्यमका समाचारले विश्वको ध्यान तानिएको र नेपालको समग्र हवाइ सेवा ब्ल्याक लिस्टमा जान सक्ने दु:खद स्थिति देखापरेकोमा चिन्ता व्यक्त गरेका छन् ।
गलत नीति र भ्रष्ट आचारण नै यो दुर्घटनाको कारक भएको भन्दै अलजजिरा टेलिभिजनले यो दुर्घटना नभएर हत्याको रुपमा हेरिनु पर्ने भन्दै समाचार सामाग्री प्रसारण गरेको थियो भने अमेरिकी सञ्चारमाध्यममा नेपालको आकाश असुरक्षित रहेको र जहाजका अवस्थाहरुमाथि सङ्का गरिनु पर्ने स्थितिरहेको समाचारहरु प्रकाशित भएका छन् ।
वर्तमान राजनीति र हवाइ दुर्घटनासँग केन्दृत रहेर डा.केसीसँग गरिएको विशेष कुराकानी vrikuti online tv मा आज साँझ ५ बजेबाट प्रसारण गरिएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी