प्रचण्ड अहिले साँझ देउवा निवास धुम्बाराहीमा कफी खाँदै, विश्वासको मत माग्दै

0

२५ पुस, काठमाडौ, देउवालाई फोन गरेर प्रचण्डले भने “म तपाईंलाई भेट्न आउँदै छु, कफी बनाउदै गर्नु होला” तनावमा रहेका प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड सोमबार साँझ अहिले नेपाली काङ्ग्रेसका सभापति सेरबहादुर देउवालाई विश्वासको मत माग्न उनको निवास धुम्बाराहीमा पुगेका छन् ।
अघिल्लो प्रचण्ड गठबन्धनकै प्रधानमन्त्रीसमेत रहेका देउवालाई विश्वासको मत माग्न अहिले प्रचण्ड देउवा निवास धुम्बाराही पुगेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
तत्कालीन सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here