तनहुँका लामिछानेको कोलोराडोमा गोली हानी हत्या, हत्यारा इण्डियाना प्रहरीद्वारा गिरफ्तार

0

२४ पुस ,कोलोराडो, अमेरिकाको कोलोराडोमा एकजना नेपाली व्यवसायीलाई एक लुटेराले गोली हानी हत्या गरेको छ। आफ्नै पसलमा कार्यरत भेषराज लामिछानेको लुटेराले हत्या गरेको हो । हत्यारा अर्को राज्य इण्डियानाबाट पक्राउ परेको छ ।
कोलोराडो राज्यको ह्वीट रिजमा खुद्रा पसल संचालन गरेर बसेका लामिछानेलाई बिहीबार राति ८ बजेतिर लुटेराले गोली प्रहार गरेको थियो । समाचारअनुसार, लुटेराले शुरुमा पसलभित्र पसेर चिसो पेय पदार्थ खरिद गरेर बाहिर निस्किएको थियो । त्यही लुटारा केही मिनेटमै पुनः पसलमा फर्किएर गोली प्रहार गरेको बताइएको छ । लुटेराले  हत्या गरेर मृतक लामिछानेकै गाडी चोरेर फरार भएको थियो ।
हत्यामा संलग्न व्यक्ति र उनले प्रयोग गरेको सवारी साधन छिमेकी राज्य इन्डियानाको  प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ दमौली स्थायी घर भई सपरिवार कोलोराडो बस्दै आएका ५३ बर्षीय लामिछानेका श्रीमती,तीन  छोरी र एक छोरा रहेका छन्।
गाडी चोरेर भाग्ने क्रममा २०१५ मा बनेको निशान पाथ फाइण्डर गाडी दुर्घटनामा पर्दा इण्डियानामा शुक्रबार विहान साढे १० बजेतिर लुटेरा पक्राउ परेको हो । सडकमा धेरै स्पीडमा गाडी चलाएपछि इण्डियना प्रहरीले सो गाडीको पिछा गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here