सबै कुरा बिर्सन थाले देउवा,सचिवालय फेर्ने तयारी

0

१७ पुस,काठमाडौ,पाँचदलीय गठबन्धन जोगाउन नसक्दा संसदको ठूलो दल भएर पनि सत्ता राजनीतिको मियो गुमाएका पूर्वप्रधानमन्त्री एवम काङ्ग्रेस सभापति शेरवहादुर देउवा अहिले असहज परिस्थिति बिच चुपचाप देखिएका छन् । देउवाले पछिल्लो समय सबै कुरा बिर्सन  थालेको बुझिएको छ। प्रचण्डको सफत ग्रहणमा समेत असहज देखिएका उनलाई सुरक्षा कर्मीले सहजीकरण गरिदिएका थिए भने उनले मेलमिलाप दिवस समेत सञ्चार माध्यममा खवर आउँदा मात्रै थाहा पाएका थिए।मेलमिलाप दिवसका बारे भुलेका देउवालाई उनकै सचिवालयले समेत जानकारी नगराएपछि अहिले देउवा सचिवालयमा समेत हेरफेर गर्ने मुडमा रहेको बुझिएको छ । काङ्ग्रेसले मुख्य पर्वको रुपमा मनाउदै आएको मेलमिलाप दिवसमा देउवाले यो पटक एउटा वक्तव्य समेत निकालेनन् । निकट श्रोतका अनुसार देउवा यो राजनीतिक परिघट्नाको गहिरो आत्मसमिक्षामा रहेको बताइएको छ। महामन्त्रीद्वयले देउवामाथि चर्को दबाब खडा गरिरहेका छन् भने उता मौन रहेका देउवा अझै लामो समय कसैसँग भेट्ने र बोल्ने मुडमा नरहेको निकट श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here