अमेरिकी समाचार संस्था ( सीएनएन)ले प्रचण्डबारे लेख्यो यस्तो समाचार

0

अमेरिकी समाचार संस्था केबुल न्युज नेटवर्क (सीएनएन) ले प्रधानमन्त्रीमा नियुक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘पूर्व माओवादी गुरिल्ला’ को संज्ञा दिएको छ । सिएनएन ले  तत्कालीन हिन्दू राजतन्त्रविरोधी गुरिल्ला भएको भन्दै  उदाहरण दिइएर समाचार प्रकाशन गरेको छ ।

प्रचण्डको अर्थ आफैँमा ‘डरलाग्दो’ भएको सीएनएनले उल्लेख गरेको छ । उनै डरलाग्दा प्रचण्डलाई विपक्षी एमालेले आधा आधा कार्यकाल भागको नेतृत्व गर्ने सहमतिमा प्रधानमन्त्रीमा समर्थन गरेको अमेरिकी समाचार संस्थाको विश्लेषण छ ।  बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डको माग अस्वीकार गरेपछि उनले क्याम्प परिवर्तन गरेको सीएनएनले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here