१० पौष ,काठमाडौ, प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दहाल `प्रचण्ड´को शफतको तयारी भइरहेको राष्ट्रपति कार्यलयले जनाएको छ । राष्ट्रपति कार्यालयले भोलि सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएको छ।
विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गर्दै पत्रबुझाएका थिए। पत्र बुझाए लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन।