भारतीय सेनाको ९ सदस्यीय टोली नेपाल आइपुगेको छ । आर्मी ट्रेनिङ कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल जसबिन्दर सिंह सन्धुसहितको ९ सदस्यीय टोली काठमाडौं आइपुगेको हो ।
नेपाल एयरलायन्सको आरए २०६ को उडानबाट उनीहरु दिल्ली हुँदै काठमाडौं आएको र रुपन्देहीको सालझण्डीमा जारी नेपाल-भारत संयुक्त सैन्य अभ्यास “सूर्य किरण” मा भाग लिने बताइएको छ ।