प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्।
संसदीय दलको निर्वाचनबारे देउवाले सांसदहरुसँग छलफल गर्न बालुवाटार बोलाएको बुझिएको छ। काङ्ग्रेस भित्र संसदीय दलको नेता को बन्ने भन्ने विषयमा अन्यौल उत्पन्न भइरहेका बेला देउवाले सांसदहरुलाई बालुवाटार बोलाएका हुन् ।
बालुवाटारमा आज ३ बजे सुरुमा शुभकामना आदान प्रदान गरिने र त्यसपछि पछि संसदीय दलको निर्वाचनबारे छलफल गरिने श्रोतले बताएको छ।
प्रधान सम्पादक
ज्याोति किरण रिजाल
सम्पादक
शक्ति किरण रिजाल
न्युज डेक्स
सीता आस्था ढुङ्गेल
समाचार संयोजक
हेमन्त तिवारी