दलहरूले पाए सरकार बनाउन ३० दिनको समय,राष्ट्रपतिको भूमिकाबारे शितल निवासमा सुरुभयो अध्ययन

0

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिनिधि सभाको मतपरिणाम बुझाएसँगै सरकार गठनका लागि दलहरूले ३० दिनको समय पाएका छन्।

संविधानको धारा ७६ को १ मा निर्वाचनमा बहुमत प्राप्त गर्ने दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ। यसपटकको निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका छैनन्। एउटा दलको बहुमत नभएकाले यसपटक संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको छ।

धारा ७६ को २ मा ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ उल्लेख छ।

संविधानले नै यसरी दुईभन्दा बढी दलहरूले सरकार गठनका लागि राष्ट्रपति समक्ष ३० दिनभित्र दाबी गर्नुपर्ने व्यवस्था गरेको छ। सरकार गठनको समय तालिका सुरुभएसँगै सरकार गठनमा राष्ट्रपतिको भूमिका के रहन्छ भन्ने विषयमा थप अध्ययनहरु पनि सुरुभएको राष्ट्रपति कार्यलयका प्रवक्ताले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here